हार्दिक धन्यवाद (Nepal Festival Nagoya 2024)
नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्व अनुभूति गराउने उद्देश्यसहित जापानको नागोयामा आयोजित तेस्रो नेपाल फेस्टिभल सफलताका साथ सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति नागोयाको आयोजना आदिबासी जनजाती महासंघ जापान क्षेत्रीय नागोयाको मुख्य सह आयोजना साथै विभिन्न संघ संस्थाहरुको सह आयोजनामा आयोजित दुई दिने नेपाल फेस्टिबल नागोया २०२४ ले उदेश्य अनुरूप कार्य सम्पन्न गर्न सकेको विश्वास मैले लिएको छु । तेश्रो नेपाल फेस्टिवल नागोयामा नेपाली तथा जापानीहरुको उत्साहजनक उपस्थिति, जापानका विभिन्न क्षेत्रबाट विभिन्न संघ संस्था सामाजिक व्यक्तित्व व्यावसायिक व्यक्तित्व लगायतको उपस्थितिले फेस्टिवलको उद्देश्यलाई एक्यवद्धता गर्दै अनुमोदन गरेको महसुश मैले गरेको छु।
फेस्टिवल सम्पन्न गर्नका लागि योजना बनाउने योजनालाई कार्यान्वयन गर्न अहोरात्र खटिनु हुने एनआरएनए क्षेत्रीय समितिका सम्पूर्ण टिम, त्यहाँका विभिन्न संघ संस्था एनआरएनए अभियन्ता सामाजिक व्यक्तित्वका साथै सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरु प्रति धन्यवाद व्यक्त गर्दछु। फेस्टिवल महत्व दिएर कार्यक्रम समुपस्थित हुनु हुने आइची केनका गभर्नर ज्यू जापानका लागि नेपाली दुतावास टोकियोका महामहिम राजदूत डा दुर्गाबहादुर सुवेदी ज्यूप्रति आभार प्रकट गर्दछु। लगायत आमन्त्रित अतिथिगण हरेक कोणबाट योगदान पुर्याउनु हुने, अमुल्य साथ र सहयोग गर्नु हुने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दछु।
नविन निउरे
अध्यक्ष, एनआरएनए जापान