
एनआरएनए जापानद्वारा विजया दशमीको शुभकामना
जापान — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापान परिवारले विजया दशमी, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेको छ। संघले दसैँले नेपालीबीच आपसी सद्भाव, एकता, भाइचारा र पारिवारिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। विदेशमा रहे पनि नेपाली संस्कृति, परम्परा र पहिचानलाई जोगाउँदै एकताबद्ध रहन संघले सबैमा आग्रह गरेको छ। शुभकामना सन्देशमा संघका महासचिव श्याम शितल र कार्यवाहक अध्यक्ष टिकराम खरेलको नाम उल्लेख गरिएको छ।






























