
नेपाल हाउसका लागि आवश्यक जग्गा व्यवस्थापन अन्तिम चरणमा
एनआरएनए जापानको नेतृत्वमा जापानमा रहेका सबै सरोकारवाला पक्षहरूको सहकार्यमा निर्माण गर्न लागिएको नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउसका लागि आवश्यक जग्गा व्यवस्थापन अन्तिम चरणमा पुग्न लागेको जानकारी गराउदै सामान्य रूपमा यसको खाका यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छौ ।
१. नेपाल नेपालबाट जापान लगायत विभिन्न देशहरुमा बसाईसराई गर्ने क्रम बढ्दो छ । विदेश गएका नेपालीले आफू जहाँ जान्छन् त्यहाँ आफ्नो सामाजिक, सास्कृतिक, धार्मिक एवं अन्य विभिन्न किसिमका क्रियाकलापहरु स्वतन्त्र रुपमा गर्नका लागि उपयुक्त वातावरण तयार गर्ने काम सम्बन्धित सरोकारवालाहरुले गर्ने पर्ने हुन्छ । नेपालीहरु जुन जुन देशमा पुगेका छन् त्यहाँ त्यहाँ आफुसँग सम्बन्धित सामाजिक, सांस्कृतिक, धार्मिक लगायतका क्रियाकलापहरु गर्नका लागि उक्त देशको विद्यमान सामाजिक, सास्कृतिक एवं धार्मिक संरचना र वातावरण उपयुक्त र पर्याप्त नहुन सक्दछ । यसका लागि विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुले आ-आफ्नो किसिमको समाज र संघसंस्थाहरु बनाउने र तिनै संघसंस्थामार्फत नेपाली समुदायका लागि आवश्यक पर्ने विभिन्न कुराहरुको व्यवस्था पनि गर्दै आएका छन् ।
जापानमा नै जन्मदेखि मृत्यु सम्मका जीवन संस्कार सम्पन्न गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसका अतिरिक्त सामुहिक भोज र चाडपर्व मनाउने क्रियाकलाप सम्पन्न गर्नु पर्ने परिवेश पनि निर्माण भएको छ । त्यतिमात्र होइन कि विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिका आदि क्रियाकलाप सम्पन्न गर्न सार्वजनिक स्थलको पनि आवश्यकता पर्न थालेको छ । यसकारण नेपालीका लागि जापानमै नेपालकै गाउँघर र शहरको अनुभूती हुने र सबै किसिमका जीवनसंस्कार र सामाजिक सांस्कृतिक कार्यहरु सम्पन्न गर्न पनि जापानमा नेपाल गाउँघरको अनुभूती हुने स्थल निर्माण गर्नु पर्ने टड्कारो आवश्यकता महशुष भएकोले यो नेपाल हाउस निर्माण गर्न लागिएको हो ।
वच्चाको जन्मदेखि ब्रतवन्ध, विवाह, मृत्यु संस्कार सम्पन्न गर्ने स्थल र चाडपर्व मनाउने सार्वजनिक स्थल एवं धार्मिक कार्य सम्पन्न गर्ने धार्मिक स्थलको पनि आवश्यकताको परिपूर्तिका लागि यि सबै सुविधाहरु एक स्थलमा उपलब्ध हुने सार्वजनिक स्थल निर्माणका लागि पहल गर्नु र बनाउनु आजको सन्दर्भमा अत्यन्तै महत्वपूर्ण हुन पुगेको जापानवासी सबै नेपालीले महशुष गरिसकेका छन् । यसकारण पनि नेपालीहरुका लागि सबै किसिमका आवश्यकता पूर्ति हुने नेपाली गाउँघरको नामबाट चिनिने एकीकृत सामाजिक, सांस्कृतिक, एवं धार्मिक स्थल निर्माण गर्नु अत्यन्तै आवश्यक भएको हो ।
२. यसको के महत्व र आवश्यकता छ त?
नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउस परियोजनाको उद्देश्य जापानमा आई बसोबास गर्ने सवै नेपालीहरुका लागि आवश्यक पर्ने सामाजिक, साँस्कृतिक एवं धार्मिक कार्य सम्पन्न गर्न आवश्यक पर्ने सार्वजनिक स्थल निर्माण गर्नु हो।
क) जापानमा आई बसोबास गरेका नेपालीका सामूहिक भोज, समारोह, चाडपर्व मनाउने लगायतका सामाजिक कार्य सम्पन्न गर्नका लागि आवश्यक र उपयुक्त सार्वजनिक स्थल निर्माण गर्ने ।
ग) जापानमा आई बसोबास गरेका नेपालीको धर्मसँग सम्बन्धित मठमन्दिर, गुम्बा लगायतका धार्मिक कार्य सम्पन्न गर्नका लागि आवश्यक र उपयुक्त सार्वजनिक स्थल निर्माण गर्ने ।
घ) जापानमा आई बसोबास गरेका नेपालीको सामाजिक, सांस्कृतिक, धार्मिक क्रियाकलाप सम्पन्न गर्ने आफूलाई नेपालमै भएको जस्तो अनुभूती हुने एकीकृत नेपाली गाउँघर नामक सार्वजनिक स्थल निर्माण गर्ने ।
३. यसको निर्माणका लागि गरिने क्रियाकलापहरु
क) नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउस निर्माणका लागि स्पष्ट सोच सहितको प्रस्ताव तयार गर्ने ।
ख) नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउस निर्माणका लागि आर्थिक भौतिक सहयोग गर्न इच्छुक र तत्पर संघसंस्था र व्यक्तिलाई प्रस्ताव पेश गर्ने ।
ग) नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउस निर्माणका लागि तयार गरिएको प्रस्ताव स्वीकृत गर्ने वा आर्थिक भौतिक सहयोग गर्ने व्यक्ति र संस्थाबाट सम्भव भएसम्मको आर्थिक भौतिक सहयोग लिने । सहयोग प्राप्त हुने ।
घ) नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउस निर्माणका लागि उपयुक्त जग्गाको खोजी गरी जापान सरकारको नियम अनुसार जग्गा प्राप्त गर्न पहल भएको। जग्गा प्राप्त गर्ने प्रक्रिया शुरू गरिएको
ङ) नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउस निर्माणका लागि जग्गा प्राप्त भएपछि उक्त जग्गामा एकीकृत सार्वजनिक स्थल निर्माणका लागि सामाजिक, सांस्कृतिक एवं धार्मिक क्रियाकलाप सम्पन्न गर्न मिल्नेगरी विस्तृत नक्शा तयार गर्ने । एकीकृत नेपाली गाउँघरको नक्शा तयार गर्ने ।
च) नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउस निर्माणका लागि तयार गरिएको नक्शा अनुसार आवश्यक पर्ने बजेट तयार गरी उक्त बजेटको व्यवस्था हुन सक्ने संघसंस्था र व्यक्तिलाई प्रस्ताव पेश गर्ने । एकीकृत नेपाली गाउँघर निर्माणको लागि बजेटसहितको प्रस्ताव पेश गरिनेछ ।
छ) नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउस निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भएपछि निर्माण कार्य सुरु गर्ने । निर्माण कार्यको सुरुवात गरिनेछ ।
ज) नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउस निर्माण हुँदै गर्दा नेपालीहरुलाई भ्रमण गराई अनुगमन मूल्यांकन गराउने र त्यसबारे आवश्यक राय सल्लाह लिने । निर्माणको अनुगमन मूल्यांकन हुनेछ ।
झ) नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउस निर्माण सम्पन्न भएपछि सामाजिक, सांस्कृतिक, धार्मिक क्रियाकलाप सम्पन्न गर्न सकिने उक्त स्थलमा सकेसम्म धेरै जापानवासीलाई खवर गरी सार्वजनिक लेखा परीक्षण गराउने र कार्य सम्पन्न भएको घोषणा गर्ने । एकीकृत नेपाली गाउँघर निर्माण भएको हुनेछ ।
४. नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउस निर्माण जापानमा आई बसोबास गर्ने सबै नेपालीको सामाजिक, सांस्कृतिक, धार्मिक क्रियाकलाप सम्पन्न गरिसकेपछि सामूहिक भोजभतेर, समारोह, चाडपर्व मनाउने लगायतका सामाजिक कार्य सम्पन्न गर्न सकिने आवश्यक र उपयुक्त सार्वजनिक स्थल निर्माण भएको हुनेछ । यसका निम्न लिखित विशिष्ट उपलब्धिहरु हुनेछन
(क) निर्माणपछि जापानवासी नेपालीको आफ्नै सार्वजनिक जग्गासहितको सार्वजनिक स्थल हुनेछ ।
(ख) निर्माण पछि उक्त जग्गामा एकीकृत सार्वजनिक स्थल निर्माण भई सवैखालका सामाजिक, सांस्कृतिक एवं धार्मिक क्रियाकलाप सम्पन्न गर्न मिल्ने स्थल हुनेछ ।
(ग) निर्माणपछि जापानवासी नेपालीले आफ्ना सबैखाले सामाजिक कार्यहरु सम्पन्न गर्न सक्नेछन् । यसमा स्वच्छ वातावरणसहितको वगैंचा, पार्टी प्यालेस, बनभोजस्थललगायतका सुविधाहरु उपलब्ध हुनेछन् ।
(घ) नेपालीले आफ्ना जीवनसंस्कार र अन्य सांस्कृतिक कार्यहरु विशिष्ट रुपमा सम्पन्न गर्न सक्नेछन् । जन्मसंस्कार, व्रतवन्ध, विवाह सम्पन्न गर्न मिल्ने मण्डपहरु उपलब्ध हुनेछन् ।
ङ) नेपालीले आफ्ना जीवनसंस्कार र अन्य सांस्कृतिक कार्यहरु विशिष्ट रुपमा सम्पन्न गर्न सक्नेछन् । यसका लागि विभिन्न पूजाआजा, यज्ञादि कार्यगर्ने स्थल उपलब्ध हुनेछन् ।
च) नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउसमा जापानवासी नेपालीहरुले आफ्नो धर्म अनुसार हिन्दु एवं वौद्ध धर्मसँग सम्बन्धित क्रियाकलापहरु सम्पन्न गर्न सक्नेछन् । यसका लागि हिन्दु मठमन्दिर एवं वौद्ध गुम्बा लगायतका धार्मिक स्थल उपलध हुनेछ ।
छ ) निर्माणसहत जापानवासी नेपालीका लागि आवश्यक पर्ने सामाजिक, साँस्कृतिक एवं धार्मिक पक्षसँग सबै क्रियाकलाप सम्पन्न गर्ने स्थल उपलब्ध हुनेछ ।
५. अनुमानित बजेट
नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउस निर्माण कार्य एक वृहत परियोजना हो । यसमा धेरै चरणका क्रियाकलापहरु पर्दछन । परियोजना सुरु गर्नका लागि तयार गरिने प्रस्तावदेखि कार्य सम्पन्न गर्ने सम्मका क्रियाकलापहरु सम्पन्न गर्न आवश्यक पर्ने बजेट सबै सरोकारवाला पक्षसंगको सहकार्यमा तय गरिनेछ ।




