गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचन निर्देशिका, २०२५
निर्वाचन प्रजातान्त्रिक अभ्यासको आधार हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको कार्यसमिति, क्षेत्रीय समन्वय परिषद् तथा लेखा अनुगमन तथा अनुशासन समितिका पदाधिकारी तथा सदस्यहरुको निर्वाचन कार्यलाई व्यवस्थित गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको विधान २००४ को संशोधन सहितको विधान २०२४ दफा २६ को उपदफा २७.१ को कार्यान्वयनका लागि परिच्छेद ८ संग सम्बन्धित निर्वाचन निर्देशिकाको आवश्यकता महसुश गरी संघको निर्वाचन निर्देशिका २०२५ लागू गरिएको छ ।