Tokyo

Japan

+81-080-6352-8286

Contact

नेपाल हाउसका लागि आवश्यक जग्गा व्यवस्थापन अन्तिम चरणमा

एनआरएनए जापानको नेतृत्वमा जापानमा रहेका सबै सरोकारवाला पक्षहरूको सहकार्यमा निर्माण गर्न लागिएको नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउसका लागि आवश्यक जग्गा व्यवस्थापन अन्तिम चरणमा पुग्न लागेको जानकारी गराउदै सामान्य रूपमा यसको खाका यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छौ । १. नेपाल नेपालबाट जापान लगायत विभिन्न देशहरुमा बसाईसराई गर्ने क्रम बढ्दो छ । विदेश गएका नेपालीले […]

१४औँ नेपाल फेस्टिवल

14th Nepal Festival Tokyo, Japan: ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवल मार्फत नेपालमा पर्यटन प्रबर्द्धन’ भन्ने मूल नाराका साथ जापानमा आयोजित १४ औँ ‘नेपाल फेस्टिवल’ ! #NepalFestival2024 गैर आवासीय नेपाली संघ( एनआरएनए )राष्ट्रिय समन्वय परिषद जापान,नेपाली राजदुतावास टोकियो जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजना एवं १२ ओटै क्षेत्रीय कार्यसमितीको […]

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले मनायो ‘२१ औं एनआरएन डे’(फोटो फिचर)

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले सोमबार टोकियोमा बिबिक्यु (पिकनिक) सहित शुभकामना आदान प्रदान गरेर ‘२१ औं एनआरएन डे’ मनाएको छ । एनआरएन डे, नेपालीहरुको महान पर्व बडा दशैं, दीपावली, नेपाल सम्बत, छठ लगायतका ठूला पर्वहरुको उपलक्ष्यमा एनआरएन जापानले बिबिक्यू (पिकनिक) सहितको शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख […]

विभिन्न भेषभूषा मौलिक कला सस्कृति र नेपाली संस्कृति अन्तर्गत रहेर प्रतिभा देखाउन इच्छुकहरुलाई सम्पर्क गर्ने बारेमा सूचना

जापानमा सम्पन्न हुन गइरहेको १४औं नेपाल फेस्टिवलले नेपाल र नेपालीको पहिचान, नेपालको पर्यटन प्रवर्धन, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले २०२४ नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन जापानको राजधानी टोकियोको नाकानो सिकिनोमोरी पार्कमा १४ औं नेपाल फेस्टिवल-२०२४ गरिन लागिएको जानकारी गराउन चाहन्छौं। नेपालको […]

१४ औं नेपाल फेस्टिव-२०२४ का लागि स्टल बुकिङ खुल्ला गरिएको बारेमा सूचना

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान, जापानका लागि नेपाली राजदुतावास टोकियो जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा १४औं नेपाल फेस्टिवलले नेपाल र नेपालीको जापानमा पहिचान, नेपालको पर्यटन प्रवर्द्धन गर्ने, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले २०२४ नोभेम्बर ३० र […]

एनआरएनए जापानको ११ औं साधारण सभा विधान संशोधन गर्दै सम्पन्न

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११ औं साधारण सभा संशोधित विधान अनुमोदन गर्दै सोमबार जापानको चिवामा सम्पन्न भएको छ।सम्पन्न साधारण सभाले एनआरएनए जापानको विधान २०२१ को संशोधिनसहितको विधान २०२३ मा समयानुकूल परिमार्जित र संशोधित गर्दै कामकाजी बनाउँदै लैजाने उद्देश्य तयार पारिएको संशोधित विधान मस्यौदालाई अनुमोदन गरेको हो ।साधारण सभाको औपचारिक कार्यक्रममा प्रमुख […]

ओकिनावा शहर घुम्ती सेवा 2024 कार्यक्रम सम्पन्न

नेपाली राजदुतावास जापानको आयोजनामा एनआरएनए जापान एवं क्षेत्रीय समिति ओकिनावाको सहकार्यमा अगस्ट 16 तारिख शुक्रवार र 17 तारिख तारिख शनिवार जापानको ओकिनावा शहरमा घुम्ती सेवा 2024 कार्यक्रम भव्यताका साथ सम्पन्न भयको महसूस गरेको छौं। कुशल व्यवस्थापकिय भूमिका निर्बाह गर्नुभएकोमा ओकिनावा क्षेत्रीय समिति संयोजक देबेन्द्र खड्का ज्यु लगायत संपूर्ण एनआरएनए ओकिनावा परिवारका साथै अहोरात्र खटिदिनुहने सम्पुर्ण […]

नेपालका भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ जापानबाट २३ लाख हस्तान्तरण

भूकम्पपीडित बालबालिकाहरूलाई शिक्षामा सहयोगका लागि स्थापना गरिएको शैक्षिक कोषका लागि गैरआवासीय नेपाली संघ जापानले  २३ लाख जापानी येन हस्तान्तरण गरेको छ।   गतवर्ष जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका प्रभावित बालबालिकहरूलाई उनीहरूको शिक्षामा सहयोग गर्नका लागि संकलित २३ लाख जापानी येन शनिबार टोकियोमा आयोजित कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो।  एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचन, एनआरएनए जापानका अध्यक्ष […]