राजेश हमाल जापानका प्रमुख ५ शहरमा आउँदै
टोकियो । जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सिने जगतका महानायक राजेश हमालको प्रमुख उपस्थितिमा विशेष Motivational Program आयोजना हुने भएको छ। “सपना, साधना र सफलता : युगदेखि युगसम्म” शीर्षकमा सञ्चालन हुने यो कार्यक्रम गैरआवासीय नेपाली संघ (NRNA NCC–Japan) को आयोजनामा तथा INLS Japan को सह–आयोजनामा जापानका प्रमुख पाँच सहरमा क्रमशः सम्पन्न गरिनेछ।
कार्यक्रममा महानायक हमालले आफ्नो जीवनयात्रा, निरन्तर साधना, संघर्ष र सफलतासम्मका अनुभव साझा गर्दै प्रेरणादायी मन्तव्य प्रदान गर्नुहुनेछ। साथै उहाँद्वारा लिखित चर्चित पुस्तक “युगदेखि युगसम्म” सहभागीहरूका लागि लेखक स्वयंको हस्ताक्षरसहित उपलब्ध गराइने व्यवस्था गरिएको छ। सबै कार्यक्रम निःशुल्क (Free Entry) रहनेछन्।
कार्यक्रमको मिति, समय र स्थान
१) टोकियो
मिति: फेब्रुअरी ११ (बुधबार)
समय: साँझ ६:३० बजेबाट
स्थान: Nakano Zero Hall, Nakano City

२) शिजुओका
मिति: फेब्रुअरी १४ (शनिबार)
समय: साँझ ६:००–९:००
स्थान: Miraie Community Hall, Shizuoka

३) नागोया
मिति: फेब्रुअरी १५, २०२६
समय: १७:०० बजेबाट
स्थान: Nagoya International Center, Nagoya

४) ओसाका (कान्साइ क्षेत्र)
मिति: फेब्रुअरी १७ (मंगलबार)
समय: १६:३०–२१:१५
स्थान: Osaka Abeno Civic Center

५) फुकुओका
मिति: फेब्रुअरी १९ (बिहीबार)
समय: साँझ ६:०० बजेबाट
स्थान: Hakata Cimin Center, Fukuoka

यो प्रेरणादायी श्रृंखला विशेषगरी युवा पुस्ता, विद्यार्थी, श्रमिक तथा व्यवसायीहरूलाई लक्ष्य, आत्मअनुशासन र सकारात्मक सोचतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो। टोकियो बाहेक ओसाका, फुकुओका, शिजुओका र नागोयामा समेत कार्यक्रम सञ्चालन हुने भएकाले जापानभर छरिएर रहेका नेपाली समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।
टोकियो तथा आसपासका साथै अन्य सहरहरूमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन NRNA NCC–Japan हार्दिक अनुरोध गर्दछ।
गैरआवासीय नेपाली संघ (NRNA NCC–Japan)