Teej Program
हार्दिक आमन्त्रणका साथै विषेश अनुरोध
एनआरएनए जापानले सेप्टेम्बर १९ तारिक मंगलवार हरितालिका तीजसँगै ऋषि पञ्चमीको अवसर पारेर तिज तथा ऋषि पञ्चमी बिशेष कार्यक्रमको आयोजना गरेको छ। जापानमा रहनु भएका दिदीबहिनीहरुको विशेष सहभागितामा दिदी बहिनीहरुलाई मनोरन्जनसगै शुभकामना आदान प्रदान गरि आत्मीयता, सद्भाव बढाउदै रितीरिवाज, सस्कृतिलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य सम्झी जापानमै जन्मेर हुर्कदै गरेका हाम्रा साना, साना छोरा-छोरीहरूलाई तीजको मौलिकता झल्काउने कार्यक्रम रहेको हुदा सहभागिता भई सफल बनाईदिनुहुन सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौ।
हाम्रो तीजमा गाइने मौलिक गीत,नृत्य चाडबाडमा लगाईने सस्कृति झल्कीने नेपाली पोशाकको प्रोत्साहन स्वरूप पुरस्कारको व्यवस्था समेत गरिएको समेत जानकारी गराउदै
विशेष नेपालकै सॅास्कृतिक पद्धति अनुसार पुरोहितबाट ऋषि पञ्चमी पूजा सम्पन्न गरि दिदिबहिनीहरुलाई सामूहिक तीजको निःशुल्क दर खुवाउने ,तीज गीत र नृत्य गरी रमाइलो गरीने भव्यताका साथ यसपालिको तिज मनाउने कार्यक्रम रहेको समेत जानकारी गराउदछौ।
परदेशी भूमिमा रहनु भएका हाम्रा दिदिबहिनीहरुले तीजमा माइतीको अलीकती भए पनी झल्को मेटाएको अनुभव गर्नु हुनेछ भन्ने हामीले विश्वास लिएका छौ।उक्त कार्यक्रममा जापानमै रहनु भएका हाम्रा लोकप्रिय लोक तथा दोहोरी गीतका कलाकारहरुको पनि विशेष प्रस्तुति रहने छ ।जापानमै रहनु भएका हाम्रा लोकप्रिय कलाकारहरुसगै गीत गाउदै छमछमी नाचेर भरपुर मनोरन्जन लिनका लागि आजैबाट सेप्टेम्बर १९ तारिकको दिन समय व्यवस्थापन गर्नुहुन समेत हामी सबैलाई हार्दिक अनुरोध गर्दछौ।
साथमा तिजमा हाम्रा आमा हजुरआमाहरुको पालामा गाइने मौलीक गीत गाएर ,छमछमी नाचेर यो कर्मभूमिको आगनमाबाट हाम्रो जन्मभूमिको आगनमा पारिवारिक, इष्ट मित्र, छरछिमेकी र साथीसंगीसंगको जमघटमा मनाइने बिशेष सस्कृति बोकेका चाडबाडको महत्व, बिशेषतासगै खुसीयाली र मनोरन्जन दिलाउने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरेको हुदा सल्लाह,सुझाव सहित सहयोगको अपेक्षा गर्दछौ।पक्कै पनि यस्ता कार्यक्रमले एक आपसमा सद्भाव, आत्मीयता बढाउन मद्दत पुग्ने छ त्यसका साथै नया पुस्ताले पनि यो कार्यक्रम प्रत्यक्ष हेरेर अथवा मिडिया मार्फत देखेर, सुनेर, तीजको गरिमा,महत्व र विशेषता थाहा पाउनुहुनेछ भन्ने आशा अनि विश्वास लिएका छौ।धन्यवाद।
एनआरएनए जापान परिवार।
स्थान : चौतारो रेस्टुरेन्ट कामाता टोकियो
समय : बिहान १० :०० बजेदेखि दिउसो ४: ०० बजे सम्म