एनआरएनए जापानको सहकार्यमा नेपाली दूतावासले घुम्ती सेवा सञ्चालन गर्ने
नेपाली दूतावासद्वारा प्रदान गरिने सेवालाई जापानमा रहेका नेपाली माझ छिटो छारितो, सहज सरल र पहुँच योग्य बनाउन निकट भविष्यमैं एनआरएनए जापानसंगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिने जापानस्थित राजदूतावासले जनाएको छ ।
जापानमा नेपालीको सख्या बढीरहेको र सेवालाई जनमुखी र पहुँच योग्य बनाउनका लागि गतवर्षको सिकाई र अनुभवका आधारमा यस वर्ष पनि घुम्ती सेवा सञ्चालन सञ्चालन गरिने दूतावासले जनाएको हो ।
पहिले घुम्ती सेवा सञ्चालन गरेका केहि क्षेत्रमा यस वर्ष पनि निरन्तरता दिदै थप केहि क्षेत्रमा यस वर्ष सेवा विस्तार गरिने दूतावासले जनाएको हो ।
एनआरएनए जापानको सहकार्यमा गरिन लागेको उक्त घुम्ती सेवाको मिति तय भै नसके पनि तत्काल नै गरिने तयारीमा दूतावास रहेको बताइएको छ । बताइए अनुसार यस वर्ष होक्काइदो सापोरो चिवा क्षेत्र थप गरिने भएको छ भने फुकुओका, नागोया र ओसाकालाई निरन्तरता दिइने भएको हो ।
दूतावासले नेपालीलाई सहयोग र सेवा लिन सहज होस भन्ने उदेश्यले राहदानी वितरणलाई टोकियोमा सप्ताहव्यापी रूपमा गर्ने सोच रहेकोले यसको यसको आवश्यक तयारीमा दूतावास रहेको राजदूत डा दुर्गाबहादुर सुवेदीले बताए ।