एनआरएनए जापानको मिति २०२५ जुलाई २७ का दिन VOATZ सिष्टमबाट भएको भर्च्युअल निर्वाचनको मतपरिणाम
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएसंगै आगामी दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न आज निर्वाचन सम्पन्न भएको छ ।
एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ सय ४५ (६७ दशमलव ४१ प्रतिशत) मत खसेको थियाे ।
भर्च्युअल भोटिङमार्फत भएको निर्वाचनमा अध्यक्षमा सुभाष लामिछानेले ७ हजार १ सय ५२ मत लिई विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सिध्दार्थ श्रेष्ठले मत ५ हजार १ सय ९३ प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त तिलक मल्लले जानकारी दिए ।
यसैगरी ६ हजार ४ सय १८ मत प्राप्त गरी वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल विजयी भएका छन् भने उनका प्रतिद्वन्दी कृष्ण गेरे शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरेका छन् ।
यसैगरी क्षेत्रीय उपाध्यक्षमा विष्णुप्रसाद सुबेदी (विश्व) ले ६ हजार ९ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी हरिप्रसाद कँडेलले ५ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् ।
यसैगरी तीन जना खुल्ला उपाध्यक्षहरुमा क्रमशः मुक्तिराम खनाल (बिनोद) ८ हजार ७ सय २, दिलिप कँडेल ६ हजार ९ सय ४९, दिपक सुनार ६ हजार १ सय १ मत प्राप्त गरी विजयी भएका छन् । भने नारायण सुबेदी ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ५ हजार ७ सय ८३, रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् ।
यसैगरी महासचिवमा श्यामकुमार श्रेष्ठ (श्याम शितल) ले ६ हजार ३ सय ८४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी विश्वास गौतम (खगराज) ले ५ हजार ९ सय ६१ मत प्राप्त गरे ।
अमेरिकी कम्पनी भोटाजको सिष्टमबाट भएको भर्च्युअल निर्वाचनमा आइतबार जापानका नेपालीहरुले मतदान गरेका हुन् । बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ८ बजेसम्म सुचारु भएको थियो ।
प्रमुख निर्वाचन आयुक्त मल्लले मतपरिणामको घोषणा गरेका थिए भने विजयी सबैलाई आइसीसी उपाध्यक्ष शेरचनले बधाई दिएका थिए ।
एनआरएन जापानको केन्द्रीय समितिका निर्विरोध चयन भएका बाहेक अन्य पदहरुका साथै नागोया क्षेत्र र क्युशु क्षेत्रको एकैदिन अनलाइन भोटिङ भएको निर्वाचन समितिका अर्का सदस्य केशर गिरीले बताए ।