जापानको परराष्ट्र मन्त्रालय (MOFA) का नेपाल विभागका प्रतिनिधिसँग औपचारिक शिष्टाचार भेटघाट
जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव तथा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको आगामी जापान भ्रमणको सन्दर्भमा, गैरआवासीय नेपाली संघ (NRNA) जापानको नेतृत्वमा जापानको परराष्ट्र मन्त्रालय (MOFA) का नेपाल विभागका प्रतिनिधिसँग औपचारिक शिष्टाचार भेटघाट तथा समसामयिक विषयमा छलफल सम्पन्न भयो।
भेटघाटमा राष्ट्रपति भ्रमणको तयारी, दुई देशबीचको कूटनीतिक सहकार्य तथा भविष्यको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा सार्थक विचार–विमर्श भएको छ। उक्त भ्रमणले नेपाल–जापान मैत्री सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास जापानको परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ।
NRNA Japan ले नेपाल–जापान सम्बन्ध मजबुत बनाउन सेतुको भूमिका निरन्तर निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

