हार्दिक आभार व्यक्त
मिति २०२४ फेब्रुअरी १९ तारिकका दिन नेपाल वायु सेवा निगमको सेवालाई अझ प्रभावकारी बनाउन जापानबासी नेपाली समुदायको सुझावसहितका धारणा व्यक्त गर्ने उद्देश्यले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारी तथा वरिष्ठ अधिवक्ता श्री शुसिल कुमार पन्तसँगकाे अन्तर्क्रियासहित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुनु हुने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी वरिष्ठ अधिवक्ता सुशिल पन्त महामहिम राजदूत डा दुर्गाबहादुर सुवेदी ज्यू लगायत निगमका कर्मचारी, एनआरएनएका अभियन्ता एनआरएनए जापानका पदाधिकारी तथा सदस्य ज्यूहरु क्षेत्रीय समितिका साथीहरु सल्लाहकार ज्यूहरु विभागीय समितिका संयोजक तथा सदस्य ज्यूहरु पत्रकार मित्रहरु लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु।
कार्यक्रम फलदायी रहेको हामीलाई लागेको छ। जापानबासी नेपाली ले नेपाल एयरलाइन्सको जहाजका बारेमा गरेको चासो चिन्ता र सेवालाई प्रतिष्पर्धी र प्रभावकारी बनाउन राखेका सुझाव र धारण अत्यन्त उपयोगी र महत्वपूर्ण छन् भन्ने हामीलाई लागेको छ। कार्यक्रममा प्राप्त सुझावलाई कार्यकारी अध्यक्ष ज्यूले आत्मसात गरि कार्यान्वयन गर्नु हुने छ भन्ने विश्वास हामीले लिएका छौं।
नेपालीहरुसँग जोडिएका विषय मध्य मृतक नेपालीको शवलाई निःशुल्क नेपाल लैजाने, अस्तुलाई नेपाल पुर्याउने, कार्गोंलाई सस्तों र सुलभ गराउने लगायतका सेवाको सुधार तत्काल गर्नु हुने छ भन्ने विश्वास हामीले लिएका छौं।
प्रतिष्पर्धी वायु सेवा कम्पनीको तुलनामा राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सको सेवामा कुनै कमी आउन नदिन र राष्ट्रिय ध्वजाबहाक जहाजमा जापानी भाषाको व्यवस्था, अन्तराष्ट्रिय मापदण्डको खानाको व्यवस्थासहित भाडादरमा समेत समायोजन गर्ने गरि आवश्यक कार्य तत्काल हुने छ भन्नेमा हामी विश्वस्त रहेका छौं।
यस कार्यक्रम गर्न आवश्यक संयोजनकारी भूमिका निर्वाह गर्नु हुने संयोजक तथा उपाध्यक्ष सुवास लामिछाने लगायत सम्पूर्ण साथीहरुप्रति आभार प्रकट गर्दछु।
साथै हिजो नै जापान भ्रमणमा रहनु भएका बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री एबम् प्रवक्ता समेत रहनु भएका गंगानारायण श्रेष्ठ ज्यूको उपस्थितिमा एनआरएनए जापानको आयोजनामा आयोजित अन्तरकृयासहित स्वागत तथा भेट्घाट कार्यक्रममा उपस्थित हुनु हुने सम्पूर्णमा समेत हार्दिक आभार प्रकट गर्दछु। धन्यवाद