जापानी राजदूत युताका किकुतासँग विषेश भेटघाटसहितको छलफल
नेपालका लागि जापानी राजदूत युताका किकुतासँग बुधबार जापानमै भेट्घाट कार्यक्रम भएको छ ।
जापान नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष, एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य एवं अन्तराष्ट्रिय अधिवक्ता डा० बलराम श्रेष्ठ ज्यूको संयोजनमा एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य तथा अन्तराष्ट्रिय अधिवक्ता डा बलराम श्रेष्ठ, एनआरएनए जापानको अध्यक्ष म नविन निउरे महासचिव टिकाराम खरेल, एनआरएनए जापानका निवर्तमान अध्यक्ष एवम् प्रमुख संरक्षक श्री शिबप्रसाद पौडेल बिच भेटवार्ता तथा छलफल सम्पन्न भएको हो ।
छलफलका क्रममा राजदूत युताका ज्युलाई जापानमा रहेका नेपालीको अवस्थाको बारेमा जानकारी गराई विभिन्न भिषामा नेपालदेखि जापान आउने नेपालीहरुलाई जापन आउनु अघि नेपालमा भिषा सँगै ओजापानको सामान्य दैनिकी जीवनयापनका क्रममा पालना गर्नुपर्ने नीति नियमको व्यवाहारिक जानकारीसहितको अभिमुखिकरण कार्यक्रम सञ्चालन गराउनकाका लागि ध्यानाकर्षण गराईएको छ । साथै निकट भविष्यमा एनआरएनए जापानले जापानका नीति नियम सामान्य जीवनयापनका क्रममा जान्नै पर्ने कुराहरु समेटेर प्रकाशन गर्न लागेको बुकलेटलाई नेपालस्थित जापानी दूतावासबाट भिषासँगै उपलब्ध गराउने व्यवस्था मिलाउनका लागि अनुरोध गरिएको छ।
छलफलका क्रममा नेपालको पर्यटन व्यवसायमा जापान सरकारले आवश्यक सहयोगका लागि पहल गरिदिन, दुई देश बीचको दौत्य सम्बन्ध प्रगाढ बनाउन सांस्कृतिक आदान प्रदानका कार्यक्रम नियमित गराउन ठोस योजना तर्जुमा गर्न आवश्यक पहलका लागि महामहिम राजदूत युताका ज्युलाई अनुरोध समेत उक्त छलफलका क्रममा गरिएको छ ।
नेपालमा जापानी सिप र पूँजीसहित भौतिक विकासमा सहयोगका कार्यक्रम सञ्चालन, नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा प्रदान गरिदै आएको छात्रवृत्तिको दायरालाई फराकिलो बनाईदिन कुटनीतिक पहल गरिदिनु अनुरोध गरेको अनुरोधलाई महामहिम राजदुतले विशेष चासोका साथ सुन्दै सकारात्मक रुपमा लिएको बताउनु भएको छ।