१४ औं नेपाल फेस्टिव-२०२४ का लागि स्टल बुकिङ खुल्ला गरिएको बारेमा सूचना
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान, जापानका लागि नेपाली राजदुतावास टोकियो जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा १४औं नेपाल फेस्टिवलले नेपाल र नेपालीको जापानमा पहिचान, नेपालको पर्यटन प्रवर्द्धन गर्ने, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले २०२४ नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन जापानको राजधानी टोकियोको नाकानो सिकिनोमोरी पार्कमा १४ औं नेपाल फेस्टिवल-२०२४ गरिन लागिएको जानकारी गराउन चाहन्छौं । नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउने यो फेस्टिवल एक माध्यमको रुपमा हुनेछ भन्ने विश्वास हामीले लिएका छौं।
यसमा हाम्रो मुख्य उद्देश्य नेपाल प्रवर्द्धन गर्नु हो । नेपाल र नेपालीलाई बहुसांस्कृतिक देश जापानमा परिचय गराउन नियमित रुपमा फेस्टिवल आयोजना गर्दै आएका छौँ । यहाँ विश्व भरिबाट आएका मानिसहरुलाई हाम्रो संस्कृति र संस्कार बारेमा जानकारी दिन अधिकतम प्रयास गरिने छ। यसले नेपालको पर्यटन प्रवर्द्धन गर्न फेस्टिवल सहयोगी हुने विश्वास लिएका छौँ । नेपाल र नेपालीको बारेमा जानकारी दिएर उनीहरु एक पटक भए पनि नेपाल गए भने हाम्रो मातृभूमिको अर्थतन्त्रमा टेवा पुग्ने छ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीमा रहेका मौलिक नेपाली कला संस्कृति, भेषभूषा र रितिरिवाज, नेपालको प्राकृतिक रुपमा रहेका पर्यटकीय स्थलको प्रचार प्रसार लगायत कुरालाई जापानी नागरिकमा पुर्याउन र कला संस्कृतिलाई जापानमा परिचित गराउनुका साथै जापानमा रहेका नेपालीहरुको मुख्य चाडको रुपमा चिनिएको नेपाल फेस्टिवल आयोजना स्थलमा विगतमा जस्तै यस वर्ष पनि विभिन्न व्यापारिक व्यावसायिक र सेवामुलक स्टलहरु राख्ने व्यवस्था मिलाइएको छ । स्टलहरुलाइ व्यवस्थित, छरितो र व्यावसायीमैत्री बनाउन यस पटक रेष्टुरेन्ट अर्थात फुड स्टल प्रयोजनका लागि टmरघm का १२ वटा र अन्य व्यावसायिक सेवामूलक प्रयोजनका लागि घmरघm का २५ वटा गरि कुल ३७ स्टल रहने भएको छ ।
फेस्टिवल स्थलमा रहने स्टलहरुमा रेष्टुरेन्ट अर्थात् फुड स्टलका लागि तोकिएका स्टलहरुको प्रति स्टल ४० मान जापानी येन भाडा दर र ५ मान येन डिपोजिट गरि ४५ मान येन शुल्क तोकिएको छ भने अन्य व्यावसायिक सेवामूलक प्रयोजनका लागि छुट्याइएको प्रति स्टलको लागि १६ मान येन भाडा शुल्क निर्धारण गरिएको जानकारी गराउँदछौं।
नोभेम्बर १० तारिखसम्म स्टल बुकिङका लागि समय निर्धारण गरिएको छ । यो समयभित्रमा First Come First Service को मान्यतामा पहिलो बुकिङ र स्टलको तोकिएको शुल्क भुक्तान गर्नुहुनेलाई पहिलो प्राथमिकताका साथ स्टल उपलब्ध गराइने व्यवस्था रहेको समेत जानकारी गराउँदछौं। साथै नोभेम्बर १५ तारिख स्टल बुकिङको रकम भुक्तानसहित तोकिएको प्रणाली अनुसार स्टल बाँडफाँड गरिने सबैमा जानकारी गराईन्छ । स्टलको बुकिङ गरि रकम भुक्तान गर्नुहुनेहरुले अनिवार्य रुपमा बैंकमा रकम जम्मा गरेको स्लिप स्तल व्यवस्थापन उप समितिको संयोजकलाई उपलब्ध गराउनु पर्नेछ । रक़म जम्मा गर्नका लागि बैंक खाता नम्बर यस प्रकार रहेको छ ।
Name of Bank: Mitsui Sumitomo Bank Branch(273): Takatanobaba Branch(支店: 高田馬場)
AC NO:5197582
イッパンシャダンホウジン NRNA JAPAN
स्टल सम्बन्धी जानकारी तथा छलफलको लागि सबै स्टल राख्नुहुने व्यक्ति, व्यवसायी तथा संस्थाहरुलाई जानकारी गराइने छ । १४ औं नेपाल फेस्टिवल-२०२४ मा स्टल राख्न इच्छुक व्यक्ति, व्यवसायी, संस्था लगायतले १४ औं नेपाल फेस्टिवल आयोजक मूल समारोह समिति अन्तर्गतको स्टल व्यवस्थापन उप समितिका सम्बन्धित पदाधिकारी तथा व्यक्तिहरुसंग आवश्यक थप जानकारीको लागि सम्पर्क राख्न सक्नुहुनेछ । स्टल बुकिङका गराउन इच्छुक व्यक्ति, व्यावसायी, विभिन्न संघ संस्था लगायतले तोकिएको स्टल बुकिङ फाराम अनिवार्य भर्नुहुन अनुरोध गरिन्छ । धन्यवाद
सचिन श्रेष्ठ
संयोजक
स्टल व्यवस्थापन उप समिति
१४ औ नेपाल फेष्टिवल २०२४
मिति ः १६ अक्टोबर २०२४