विभिन्न भेषभूषा मौलिक कला सस्कृति र नेपाली संस्कृति अन्तर्गत रहेर प्रतिभा देखाउन इच्छुकहरुलाई सम्पर्क गर्ने बारेमा सूचना
जापानमा सम्पन्न हुन गइरहेको १४औं नेपाल फेस्टिवलले नेपाल र नेपालीको पहिचान, नेपालको पर्यटन प्रवर्धन, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले २०२४ नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन जापानको राजधानी टोकियोको नाकानो सिकिनोमोरी पार्कमा १४ औं नेपाल फेस्टिवल-२०२४ गरिन लागिएको जानकारी गराउन चाहन्छौं। नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउने यो फेस्टिवल एक माध्यमको रुपमा हुनेछ भन्ने विश्वास हामीले लिएका छौं।
यसमा हाम्रो मुख्य उद्देश्य नेपाल प्रवर्धन गर्नु हो। नेपाल र नेपालीलाई बहुसांस्कृक्तिक देश जापानमा परिचय गराउन नियमित रुपमा फेस्टिवल आयोजना गर्दै आएका छौं । यहाँ विश्व भरिबाट आएका महानुभावहरुलाई हाम्रो संस्कृति र संस्कार र पहिचान बारेमा जानकारी दिन अधिकतम प्रयास गरिने छ। यसले नेपालको पर्यटन प्रवर्धन गर्न फेस्टिवल सहयोगी हुने विश्वास लिएका छौं । नेपाल र नेपालीको बारेमा जानकारी दिएर उनीहरु एक पटक भए पनि नेपाल गए भने हाम्रो मातृभूमिको अर्थतन्त्रमा टेवा पुग्ने छ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीमा रहेका मौलिक नेपाली कला संस्कृति, भेषभूषा र रितिरिवाज, नेपालको प्राकृतिक रुपमा रहेका पर्यटकीय स्थलको प्रचार प्रसार लगायत कुरालाई जापानी नागरिकमा पुर्याउन र कला संस्कृतिलाई जापानमा परिचित गराउने उद्देश्यका साथ विशेष गरि नेपाली कला, संस्कृतिलाई प्रर्वद्धन र संरक्षण गर्दै हाम्रो परम्परा हाम्रो संस्कृतिहरूको प्रदर्शन गरिने हुदा जापानमा रहनु भएका नेपाली समुदाय अन्र्तगत विभिन्न भेषभूषा मौलिक कला सस्कृति र नेपाली संस्कृति अन्तर्गत रहेर प्रतिभा देखाउन इच्छुक महानुभावहरूले २०२४ नोभेम्बर १५ तारिकसम्ममा आफूले प्रस्तुत गर्ने विधासहित सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौ
सिद्धार्थ श्रेष्ठ
संयोजक
सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन उप समिति
नेपाल फेस्टिवल जापान २०२४