आदरणीय सम्पूर्णमा हार्दिक अनुरोध
नेपाली घर हाम्रो साझा सपना हो” भन्ने सोचका साथ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले “ड्रिम प्रोजेक्ट” अन्तर्गत एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्रको निर्माण गर्दैछ।
जापानमा रहेका लाखौं नेपालीहरूको सांस्कृतिक पहिचानको संरक्षण र भविष्यका लागि यो केन्द्र महत्वपूर्ण हुनेछ। यो अधिकारिक र सामाजिक गतिविधिहरूको लागि उपयुक्त वातावरण सिर्जना गर्ने उद्देश्यले स्थापित गरिन लागेको हो।
हामी सम्पूर्ण नेपाली समुदायलाई आर्थिक सहयोगको लागि आमन्त्रण गर्दछौं। तपाईंको सानो योगदानले यस सपनालाई साकार गर्न मद्दत गर्नेछ। कृपया विवरणका लागि तलको लिंकमा क्लिक गर्नुहोस्।
धन्यवाद!
https://fundrise.nrnanccjapan.com
