टोकियो सप्ताह-२०२५
गैरआवासीय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको मुख्य आयोजना र जापानस्थित विभिन्न नेपाली संघसस्थाहरुको सहकार्यमा ८ नोभेम्बरदेखि १५ नोभेम्बरसम्म आयोजित टोकियो सप्ताह २०२५ सम्पन्न।
जापानमा एकीकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजना गरिएको थियो। सप्ताहमा करिब ११ करोड येनको हाराहारीमा आर्थिक संकलन भएको थियो।
एनआरएनए जापानले यस महत्वपूर्ण सप्ताहलाई सफल बनाउन साथ, सहयोग, उपस्थिती, माया र आशीर्वाद बढाइदिनुहुने सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।









