ネパールフェスティバル名古屋 / Nepal Festival Nagoya
हाम्रो देश नेपालको कला संस्कृतिको संरक्षण गर्दै कला र संस्कृतिलाई जापानी समुदायमा परिचित गराउनुका साथै जापनिज नागरिकहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिने मुख्य उद्देश्यले मिति २०२४-०६-०८ तारिखि शनिवार र ०९ तारिख अइतवार जापानको नागोया शहरकमा एनआरएनए जापान नागोया क्षेत्रिय समितिको आयोजनामा हुन गइरहेको नेपाल फेस्टिवल नागोया २०२४ मा गरिमामय उपस्थितिको लागि सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं। साथै कार्यक्रमलाई भव्यताका साथ सम्पन्न बनाउनका निमित्त आफ्नो आफ्नो स्थानबाट आर्थिक, भौतिक, नैतिक जेजसरि साथ, सहयोग र समर्थ गर्न सक्नु हुन्छ आफुले सकेको साथ, सहयोग र समर्थन गरिदिनुहुन सम्पूर्ण जापानबासी विशेष गरि नागोयाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु माझ हार्दिक अपिल गर्दछौं । हाम्रो देश नेपाल र नेपाली लाई चिनाउने यस सुवर्ण अवसरलाई एकीकृत भएर सक्रिय रुपमा लागि परौ भन्ने विनम्र अनुरोध गर्दछाैं।
