साक्षात्कार भेटघाट (माचुदो नेपाल फ़ेस्टीवल)
०२४-०८-२० तारिख जापानका लागी नेपालका राजदूत महामहिम डा. दुर्गा बहादुर सुबेदी ज्यू, माचुदो नगरका नगर प्रमुख मेयर, श्री होन्गोया केन्जी ज्यू तथा एनआरएनए जापान तथा क्षेत्रिय समिति चिवाका पदाधिकारिहरु बीची साक्षात्कार भेटघाट सम्पन्न भयको जानकारि गराउदछौ।
जापानको टोकियो माहनगरपालिका सगै जोडिएको माचुदो नगर भित्र हाल बिस हजारको संख्यामा बिदेसी नागरिक हरूको बसोबास रहेको छ, उक्त संख्या मध्य दुई हजार नेपाली समुदायको बसोबास रहेको छ, नेपाल र नेपाली कला संस्कृतिलाई जापानिज समुदाय माझ परिचित गराउन यस बर्ष देखी,माचुदो नेपाल फ़ेस्टीवलको रूपमा सिङगो देशलाई जोड्ने प्रयास स्वरूप गैर आबासिय नेपाली सघ चिवा क्षेत्रिय समितीको प्रमुख आयोजना, नेपाली राजदुताबास जापान,एनआरएनए जापान,माचुदो सिटी, माचुदो अन्तर्राष्ट्रीय एक्सचेन्ज एसोसिएशन,उधोग बाणिज्य सघ माचुदोको सहकार्यमा आगमी ९ महिना २२ तारिक आईतबारको दिन आयोजना हुन गईरहेको प्रथम माचुदो नेपाल फ़ेस्टीवल २०२४ सम्पन गर्नको लागी, जापानका लागी नेपालका राजदूत महामहिम डा. दुर्गा बहादुर सुबेदी ज्यू, माचुदो नगरका नगर प्रमुख मेयर, श्री होन्गोया केन्जी ज्यू, माचुदो अन्तर्राष्ट्रीय एक्सचेन्ज एसोशियसनका प्रमुख ज्यू, उपप्रमुख ज्यू, गैर आबासिय नेपाली संघ जापानका अध्यक्ष श्री नबिन निउरे,माचुदो अन्तर्राष्ट्रिय सांस्कृतिक दूत (सर्जक/ गायक) श्री रामकृष्ण बम मल्ल, फ़ेस्टीवल संयोजक श्री राजन बाबु सुबेदी ज्यु, आर्थिक संयोजक श्री मुक्ति राज रेग्मी ज्यू, र गैर आबासिय नेपाली संघ चिवा क्षेत्रिय समितिका सचिव श्री मोहन कार्की लगायत बिशिष्ठ ब्याक्तित्व ज्यूहरूको उपस्थितिमा आज एक शिस्टाचार भेटघाट सम्पन्न भएको छ।
औपचारिक रूपमा सम्पन्न कार्यक्रममा महामहिम डा. दुर्गा बहादुर सुबेदीज्यू ले नेपाली ढाका टोपी, घरबुनुवा गल्बन्दी, र पाल्पाली करूवा प्रदान गरेर नगर प्रमुख ज्यूलाई सम्मान गर्नु भएको थियो, साथै नगर प्रमुखज्यूले पनि महामहिमज्यूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
त्यस पश्चात महामहिम ज्यू र नगर प्रमुख ज्यू फ़ेस्टीवलको बिबिध बिषयमा दुई पक्षिय छलफल सम्पन्न भएको थियो, आजको यस कार्यक्रमले पहिलो पटक चिवामा आयोजना गरिएको माचुदो नेपाल फ़ेस्टीवल सम्पन्न गर्नको लागी हामीहरूलाई थप उर्जा र हौसला मिलेको छ।
यो उत्साह मुल आयोजक चिवा क्षेत्रिय समिती सगै सम्पुर्ण जापान बासी नेपाली समुदायमा बाढ्दै हजुर हरू सबैको थप माया साथ र सहयोग र सहभागिताको लागी हार्दिक अनुरोध गर्दछौ ।