शिजुओका, जापान । NRNA Japan र क्षेत्रीय समिति शिजुओकाको समन्वयमा शिजुओका फुजीमा तेस्रो NRNA रनिङ कप सफलतापूर्वक सम्पन्न भएको छ। जापानभरका विभिन्न क्षेत्रीय समिति, सामाजिक संस्था तथा फुटसल टोलीहरूको उत्साहजनक सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा विभिन्न क्षेत्रबाट सहभागी खेलाडी तथा टोलीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई फुटसलप्रेमीहरूका लागि विशेष र अविस्मरणीय बनाएको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता NRNA Japan का युवा संयोजक दीपक बुर्जा मगरले गरेका थिए भने सभापतित्व NRNA Japan का अध्यक्ष सुबास लामिछानेले गरेका थिए। प्रमुख अतिथिका रूपमा NRNA ICC का उपाध्यक्ष ददिवाल खड्काको विशेष उपस्थिति रहेको थियो।
त्यस्तै, विशेष अतिथिका रूपमा NRNA ICC का युवा संयोजक नवीन न्युरे, NBA Japan का अध्यक्ष बिजेश थकाली, जनजाति महासंघका अध्यक्ष श्री गुरुङ तथा सफल व्यवसायी एवं NRNA Japan का सल्लाहकार रेशम डंगोलको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रीय संयोजक तथा सह–संयोजक, कर्णाली समाज जापानका अध्यक्ष वीरेन्द्र शाही, NJFA Japan का महासचिव मनोज श्रेष्ठ, युवा व्यवसायी रोहित न्यौपाने, युवा व्यवसायी शंकर रिमाल, भलिबल संघ जापानका उपाध्यक्ष बसन्त थापालगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन Mercury FCले जितेको छ। Mercury FC ले रनिङ कप ट्रफी, विजेता ट्रफी, मेडलसहित ४ लाख नगद पुरस्कार प्राप्त गरेको छ। त्यस्तै, उपविजेता Oizumi FCले ट्रफी, मेडल र २ लाख नगद पुरस्कार प्राप्त गरेको छ।
सेमिफाइनलमा पुगेका Friends FC र Piro Sportsले ट्रफीसहित जनही ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षकको पुरस्कार Bishnu KCले प्राप्त गरेका छन्। उत्कृष्ट खेलाडीको उपाधि Mercury FC का Min Gurungले ट्रफी तथा १० हजार नगदसहित हात पारेका छन्। त्यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार Friends FC का Uddhav Khatriले ट्रफी तथा १० हजार नगदसहित प्राप्त गरेका छन्।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, NRNA Japan का पदाधिकारी तथा सदस्यहरू, खेलाडी, स्वयंसेवक तथा मैदानभित्र र बाहिर खटिने सम्पूर्ण सहयोगीप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।
विशेष रूपमा NRNA Japan का उपाध्यक्ष Mukti Ram Khanal, क्षेत्रीय उपाध्यक्ष Bishwo Subedi, सदस्यहरू Navin Deep Gurung, Ramesh Raj Jaisi, Milan Aryal, Bipin Shrestha र Debendra Tamangलगायत सम्पूर्ण सहयोगीलाई धन्यवाद व्यक्त गरिएको छ।
कार्यक्रम संयोजक दीपक बुर्जा मगरले प्रतियोगिता सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक रूपमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साथै, NRNA क्षेत्रीय समिति शिजुओकाका संयोजक सुमन पौडेल तथा सम्पूर्ण शिजुओका समिति परिवारलाई विशेष धन्यवाद व्यक्त गरिएको छ।


