जापान — गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपालीहरूको महान् पर्व विजया दशमी, दीपावली (तिहार) तथा छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेको छ। एनआरएनए जापानले यी पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यको भावना थप बलियो बनाउने विश्वास व्यक्त गर्दै सबैको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ। एनआरएनए जापानका अध्यक्ष सुवास लामिछानेले एनआरएनए जापान परिवारको तर्फबाट सम्पूर्ण नेपालीमा विजया दशमी, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यी पर्वहरूले नेपालीहरूबीच आपसी एकता, सद्भाव र भाइचारा अझ प्रगाढ बनाओस् भन्ने कामना गर्नुभएको छ।