गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएसंगै आगामी दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न आज निर्वाचन सम्पन्न भएको छ । एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ सय ४५ (६७ दशमलव ४१ प्रतिशत) मत खसेको थियाे ।
भर्च्युअल भोटिङमार्फत भएको निर्वाचनमा अध्यक्षमा सुभाष लामिछानेले ७ हजार १ सय ५२ मत लिई विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सिध्दार्थ श्रेष्ठले मत ५ हजार १ सय ९३ प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त तिलक मल्लले जानकारी दिए ।
यसैगरी ६ हजार ४ सय १८ मत प्राप्त गरी वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल विजयी भएका छन् भने उनका प्रतिद्वन्दी कृष्ण गेरे शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरेका छन् ।
यसैगरी क्षेत्रीय उपाध्यक्षमा विष्णुप्रसाद सुबेदी (विश्व) ले ६ हजार ९ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी हरिप्रसाद कँडेलले ५ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् ।
यसैगरी तीन जना खुल्ला उपाध्यक्षहरुमा क्रमशः मुक्तिराम खनाल (बिनोद) ८ हजार ७ सय २, दिलिप कँडेल ६ हजार ९ सय ४९, दिपक सुनार ६ हजार १ सय १ मत प्राप्त गरी विजयी भएका छन् । भने नारायण सुबेदी ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ५ हजार ७ सय ८३, रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् ।
यसैगरी महासचिवमा श्यामकुमार श्रेष्ठ (श्याम शितल) ले ६ हजार ३ सय ८४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी विश्वास गौतम (खगराज) ले ५ हजार ९ सय ६१ मत प्राप्त गरे ।
अमेरिकी कम्पनी भोटाजको सिष्टमबाट भएको भर्च्युअल निर्वाचनमा आइतबार जापानका नेपालीहरुले मतदान गरेका हुन् । बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ८ बजेसम्म सुचारु भएको थियो ।
प्रमुख निर्वाचन आयुक्त मल्लले मतपरिणामको घोषणा गरेका थिए भने विजयी सबैलाई आइसीसी उपाध्यक्ष शेरचनले बधाई दिएका थिए । एनआरएन जापानको केन्द्रीय समितिका निर्विरोध चयन भएका बाहेक अन्य पदहरुका साथै नागोया क्षेत्र र क्युशु क्षेत्रको एकैदिन अनलाइन भोटिङ भएको निर्वाचन समितिका अर्का सदस्य केशर गिरीले बताए ।
Powered By EmbedPress

